KYC Form

Sign Up Your User Account

Fill all form field to go to next step

Personal Details

Personal Information

Contact Details

Permanent Address

Temporary Address

Bank & BOID Details

Bank & BOID Details

Occupation

Occupation & Financial Details

Money Laundry Prevention

Money Laundry Prevention

Documents

Document Upload

Choose Image

User Agreement

User Agreement

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम १० सँग सम्बन्धित कारोबार सदस्य र ग्राहकबीचको सम्झौतापत्र

    कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी / दलाल व्यवसायीको इजाजतप्राप्त गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार सदस्य रहेको नयाँबानेश्वर, काठमाण्डौमा रजिस्टर्ड कार्यालय भएको श्री नागरिक स्टक डिलर कम्पनी लि. (उप्रान्त प्रथम पक्ष भनिनेछ) तथा प्रथमपक्ष मार्फत धितोपत्रको कारोबार गर्न / अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर हितग्राही खाता नं रहेको प्रदेश अञ्चल जिल्ला गा.पा. / न.पा. / उ.प.न.पा. वडास्थायी ठेगाना भई हाल स्थानमा बसोबास गर्ने श्री को नाती/ नातीनी बुहारी, श्री को छोरा / छोरी वर्ष को श्री /श्रीमती वा ग्राहक संकेत नम्बर कम्पनी रजिष्ट्रर्डको कार्यालयमा दर्ता भई प्रदेश अञ्चलजिल्ला गा.पा. / न.पा. / उ.प.न.पा. वडामा रजिष्ट्रर्ड कार्यालय रहेको मेसर्स ले (उप्रान्त दास्रो पक्ष भनिने र सो शब्दले विषय वा प्रंसगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारी / वा कानुनी प्रतिनिधि समेत लाई जनाउने ), बीच नेप्सेको कारोबार प्रणालीबाट कारोबार हुने विधि र आफैले कारोबार गर्ने सम्बन्धमा दोस्रो पक्ष सँग आवश्यक ज्ञान रहेको मानी यो सम्झौता (उप्रान्त सम्झौता भनिने छ) सम्पन्न भएको छ ।

यस सम्झौताको पक्षहरु निम्नलिखित शर्तहरु पालना गर्न मञ्जुर छन् :

  • १. प्रचलित धितोपत्र ‌ऐन नियम विनियम कार्यविधि तथा नेपाल राष्ट्र बैक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड , सिडियस एन्ड क्लियरिङ लिमिटेड लगायतका नियमक निकायले कायम समय समयमा जारी गरेका निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख सरह मानी सम्झौताका पक्षहरुले सोको पालना गर्न मञ्जुर गर्दछन् ।
  • २. दोस्रो पक्षले यस सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथमपक्षलाई दिएको सुचना, दोस्रो पक्षको ग्राहक परिचय विवरण (केवाइसी) मा भरेको विवरणमा कुनै फेरवदल भए, फेरवदल भएको ७ कार्य दिनभित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरु अधावधिक गराउन मञ्जुर गर्दछ ।
  • ३. दोस्रो पक्ष धितोपत्रको कारोबार गर्न कानुन बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेमा वा अन्य कुनै कारणले कानुनत आर्थिक कारोबार गर्न असमर्थ भएमा प्रथमपक्षलाई तुरुन्त जानकारी दिन मञ्जुर गर्दछ ।
  • ४. दास्रो पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक परिचय विवरण (केवाइसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा दोस्रो पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथमपक्षले उपलब्ध गराउने छ । प्रथमपक्षले उपलब्ध गराएको वा सो पश्चात दास्रो पक्षले परिवर्तन गरेको युजरनेम वा पासवर्डको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व दोस्रो पक्षको हुनेछ ।
  • ५. दोस्रो पक्षले बिक्री कारोबार गर्दा मोज्दातमा धितोपत्र रहेको वा रहने कुनै एक हितग्राही खाता प्रथम पक्षलाई उपलब्ध गराउने छ । उक्त खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिने छैन । यदि एउटै खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिएर हुने जोखिमको जिम्मेवारी दोस्रो पक्षले लिने छ ।
  • ६. दोस्रो पक्षलाई दिइएको युजरनेमबाट भए गरेको सम्पूर्ण कारोबारहरुको दायित्व बहन गर्ने तथा सो समयमा राफसाफ गर्ने जिम्मेवारी दास्रो पक्षले लिने छ।
  • ७. दोस्रो पक्षलाई प्रदान गरिएको युजरनेमको प्रयोग गरी सिर्जना हुने दायित्व तथा सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा सो प्रति दास्रो पक्ष जिम्मेवार हुनेछ।
  • ८. दोस्रो पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथमपक्षलाई आदेश दिई बिक्री भएका धितोपत्रहरुको निर्देशनपुर्जी जारी गर्नुपर्ने दायित्व दास्रो पक्षको हुनेछ । यसरी बिक्री भएको धितोपत्रको हस्तान्तरण दोस्रो पक्षले टि+१ को १२ बजे भित्र प्रथमपक्षले राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोबारको राफसाफ हुन नसकेमा सो बाट सिर्जित सम्पूर्ण दायित्व दोस्रो पक्षले बहन गर्नुपर्नेछ ।
  • ९. दोस्रो पक्षले धितोपत्र बिक्री गरिसकेपछि सो धितोपत्रको आधार मूल्य प्रथमपक्षलाई राफसाफ समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनुपर्नेछ । आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानुनी तथन आर्थिक दायित्व वा हानी नोक्सानी दोस्रो पक्षले व्यहोर्नु पर्नेछ ।
  • १०. दोस्रो पक्षले बिक्री गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरु तथा प्रथमपक्षले धितोपत्र खरिद बिक्री सम्बन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकम मात्र प्रथमपक्षले दोस्रो पक्षलाई भुक्तानी गर्नेछ।
  • ११. दोस्रो पक्षले खरिद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकोको कारोबार लिमिटको सीमाभित्र रही गर्नुपर्नेछ । दोस्रो पक्षले प्रथमपक्षलाई अग्रिम रुपमा बुझाएको रकमको ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्नेछ । उक्त कारोबार सीमा दोस्रो पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुनेछैन ।
    • ११.१ दोस्रो पक्षले प्रथमपक्षलाई अग्रीम रुपमा बुझाएको रकम दोस्रो पक्षले खरिद गर्ने धितोपत्रबाट सृजना हुने कुल दायित्व रकममा समायोजन हुनेछ ।
    • ११.२ दोस्रो पक्षले धितोपत्र खरिद गरेबापत सृजना हुने कुल दायित्य रकममा प्रथमपक्षलाई अग्रीम रुपमा बुझाएको रकम तथा दोस्रो पक्षले धितोपत्र बिक्री गरी प्रथमपक्षसँग भुक्तानी लिन बाँकी भए सो समेत समायोजन गरी बाँकी रहेको दायित्व रकम कारोबारको राफसाफ हुनुभन्दा पहिले प्रथमपक्षलाई दोस्रो पक्षले भुक्तानी गर्नुपर्नेछ ।
    • ११.३ दोस्रो पक्षले प्रथमपक्षलाई तिर्नुपर्ने रकम कारोबार राफसाफ हुनुपूर्व भुक्तानी गर्न नसकेमा दोस्रो पक्षको नाममा खरिद भएको धितोपत्र प्रथमपक्षले बिक्री गर्न सक्नेछ । तर दोस्रो पक्षले प्रथमपक्षसँग रकम तिर्ने समय माग गरेमा प्रथमपक्षले आफ्नो अनुकुलता हेरी दोस्रो पक्षले खरिद गरेको धितोपत्रको रकम भुक्तानी गर्न निश्चित समय दिन सक्नेछ ।
    • ११.४ शर्त नं. ११.३ बमोजिम दोस्रो पक्षको कारोबार राफसाफ गर्न उपयोग भएको प्रथमपक्षको रकममा दोस्रो पक्षलाई दिएको थप निश्चित समयवधी सम्ममा दोस्रोपक्षले तिर्नुपर्ने बाँकी रकम प्रथमपक्षलाई उपलब्ध नगराए सम्मको वा दोस्रो पक्षको धितोपत्र बिक्री गरी प्रथमपक्षलाई रकम प्राप्त नभएसम्मको समयावधिमा प्रथमपक्षले व्यहोर्नु परेको वास्तविक लागत थप गरी हुन आउने दायित्व दोस्रो पक्षले प्रथमपक्षलाई भुक्तानी गर्नुपर्नेछ वा दोस्रो पक्षलाई प्रथमपक्षले दिनुपर्ने हिसाबमा कट्टा गर्न सक्नेछ ।
    • ११.५ दोस्रो पक्षले प्रथमपक्षलाई बुझाएको अग्रीम रकममा दोस्रोपक्षले खरिद गर्ने राफसाफ नभएसम्मको अवधिसम्म प्रथमपक्षको राफसाफ खातामा रहदा प्रथमपक्षले बैकबाट प्राप्त गर्ने प्रतिफल (खुद ब्याज) दोस्रो पक्षलाई फिर्ता दिन मञ्जुर गर्दछ ।
    • ११.६ प्रथमपक्षले दोस्रो पक्षसँग लिनुपर्ने दायित्व रकमको लागत गणना तथा निर्धारण गर्दा प्रथमपक्षले वाणिज्य बैकबाट ऋण लिदा आफूले तिर्नुपर्ने ब्याजदरमा सेवा शुल्क बापत ........ प्रतिशत बिन्दुले लागत थप गरी दायित्व निर्धारण गरिनेछ ।
    • ११.७ प्रथमपक्षले दोस्रो पक्षलाई धितोपत्र बिक्री बापतको भुक्तानी दिनुपर्ने अवस्थामा काबु बाहिरको परिस्थिति सृजना भै भुक्तानी रोकिन गएमा तत्कालीन समयमा वाणिज्य बैकहरुले आफ्ना ग्राहकलाई बचत खातामा दिने ब्याज रकम थप गरी भुक्तानी रकम उपलब्ध गराउने छ ।
  • १२. दोस्रो पक्षले कारोबार सीमाका लागि प्रथमपक्षलाई बुझाउने सबै किसिमका भुक्तानी चेक वा अन्य विधुतीय माध्यमबाट गर्नुपर्नेछ ।
  • १३. दोस्रो पक्षले कारोबार प्रयोजनका लागि प्रथमपक्षलाई उपलब्ध गराएको रकम तथा धितोपत्र कारोबार राफसाफ प्रयोजनमा मात्र प्रयोग गर्नुपर्नेछ ।
  • १४. दुवै पक्षको आपसी सहमतिमा दोस्रो पक्षले प्रथमपक्षलाई यस्तो कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैक ग्यारेण्टी तथा कारोबार योग्य धितोपत्रहरुको माध्यमबाट पनि गर्न सक्ने छ । यस्तो धरौटी दोस्रो पक्षले आफ्नो दायित्व समयमा भक्तानी नगरेमा प्रथमपक्षले दोस्रो पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्ने छ ।
  • १५. कारोबार सीमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्यांकन बजार मूल्यको बढीमा ७० प्रतिशत सम्म गर्न सकिने छ। धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथमपक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको कारोबार सीमा दोस्रो पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्नेछ ।
  • १६. खरिद कारोबारपछि बाँकी रहेको खरिद बिल बमोजिम दोस्रो पक्षले टि+२ भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथमपक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउदा अग्रीम भुक्तानी रकममा उपलब्ध गराएको भए सो रकम समायोजन गर्ने सुविधा दोस्रो पक्षलाई हुनेछ ।
  • १७. खरिद कारोबार पश्चात दोस्रो पक्षले राफसाफ समयभित्रमा आफ्नो दायित्व पुरा नगरेमा टि+४ मा प्रथमपक्षले दोस्रो पक्षलाई जानकारी गराई दोस्रो पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्र बिक्री, बैक जमानतबाट रकम र सो को लागत बापतको सोधभर्ना र नपुग रकम कानुन बमोजिम असुल उपर गरी लिन सक्नेछ ।
  • १८. दोस्रोपक्षको धितोपत्र बिक्री गरी प्रथमपक्षको लेना रकम असुलउपर गरी रकम बाँकी रहेमा दोस्रो पक्षको अग्रिम भुक्तानी सम्मको रकम दोस्रो पक्षलाई फिर्ता गरी थप रकम बाँकी रहन गए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
  • १९. दोस्रो पक्षले खरिद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरु पुरा गरेपछि वा कारोबारको राफसाफको दिन मध्ये जुन पछि हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथमपक्षले धितोपत्र हस्तातरण गर्नु पर्नेछ ।
  • २०. दोस्रोपक्षको नामबाट कारोबार भएपश्चात् दास्रो पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मगज बिग्रिएमा वा अन्य कुनै कारणबाट दोस्रो पक्षको नामबाट भएका कारोबारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोबारको राफसाफको जिम्मेवारी निज वा निजको कानुनी उत्तराधिकारीको हुनेछ। कानुनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानुन बमोजिम हुनेछ ।
  • २१. नियमक निकायहरुबाट कारोबारहरु रद्ध भएमा वा रद्ध गर्ने आदेश प्राप्त भएमा सो कारोबारहरु स्वत: रद्ध हुनेछन् । सोको दायित्व प्रथमपक्षले बहन गर्ने छैन ।
  • २२. दोस्रो पक्ष नाबालक वा कानुनत: पक्षको रुपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ।
  • २३. प्रथमपक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुनै कुनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
  • दोस्रो पक्षले आफ्नो कारोबारको निमित्त आदेश दिन लिखित मञ्जरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्ने छ सो प्रतिनिधिबाट भएका सम्पूर्ण कारोबारहरु निज दोस्रो पक्षले नै गरेसरह मान्य हुनेछ ।
  • २५. धितोपत्रमा गरिने लगानीमा जोखिम हुन्छ भन्ने कुरामा दोस्रो पक्ष जानकार रहेको मानिनेछ र सो जोखिमबाट सिर्जित हुने हानी नोक्सानीप्रति दोस्रो पक्ष नै जिम्मेवार रहनेछ ।
  • २६. दोस्रो पक्षले निम्नलिखित माध्यमबाट कारोबार आदेश दिन सक्ने छ:
      स्वयं उपस्थिति भई लिखित आदेश टेलिफोन मोबाइलफोन: ई.मेल दोस्रो पक्षको युजरनेम प्रथमपक्षको वेभसाइट अन्य विधुतीय माध्यम

      प्रथमपक्षले उल्लेखित माध्यमबाट आएका आदेशहरुलाई मात्र वैधानिक मान्यता दिई प्राथमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्टी गर्नेछ। नियमअनुसार उक्त आदेशहरुको सुरक्षित रेकर्डिङ्ग तथा भण्डारण प्रथमपक्षले गर्न सक्नेछ ।

  • २७. दोस्रो पक्षको मार्जिन कारोबार सुविधा उपयोग गर्ने भएमा सो सम्बन्धी सर्त तथा सुविधाहरु सम्बन्धित नियममा तोकिए बमोजिम हुनेछ।
  • २८. दोस्रो पक्षले धितोपत्र कारोबार गर्दा उक्त धितोपत्र कारोबार गर्न प्रचलित कानुन बमोजिम आफु योग्य रहेको र सो धितोपत्रमा आफुले कानुन बमोजिम धारण गर्न सक्ने सीमाभित्र रही खरिद आदेश प्रवीष्ट गर्नुपर्ने छ । सो नगरे बाट सिर्जित परिणाम तथा दायित्व दोस्रो पक्षको हुनेछ।
  • २९. प्रचलित नीतिनियममा उल्लेख भएअनुसार वा सम्बन्धित निकायहरुबाट धितोपत्रको कारोबारको श्रोतको जानकारी गराउन आवश्यक रहेमा उक्त जानकारी कारोबार राफसाफ समयावधिभित्र प्रथमपक्षलाई बुझाउन दोस्रोपक्ष मञ्जुर गर्दछ । दोस्रो पक्षले प्रचलित कानुन बमोजिम अवैधानिक नठहरिने रकमहरु मात्र धितोपत्रमा लगानी गर्नुपर्ने छ ।
  • ३०. पक्षहरुबीच आपसी सहमतिमा एक महिनाको अग्रीम सुचना दिई यो सम्झौता रद्ध गर्न सकिनेछ। सम्झौता रद्ध गर्नु पूर्व पक्षहरुले आ-आफ्नो दायित्व पुरा गरेको हुनु पर्नेछ ।
  • ३१. प्रचलित कानुन बमोजिम प्रथमपक्षले व्यवसाय सञ्चालनका लागि प्राप्त गरेको इजाजत, अनुमतिपत्र, सदस्यता खारेज भई कारोबार गर्न अयोग्य भएमा यो सम्झौता स्वत: खारेज हुनेछ। यसरी सम्झौता खारेज भएपनि बाँकी बक्यौता फछ्र्यौट गर्नुपर्ने दायित्व दुवै पक्षको हुनेछ।
  • ३२. यस सम्झौताअनुसार प्रथमपक्षले दिने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार तोकिएको माध्यमबाट दोस्रो पक्षको अधावधिक ठेगानामा पठाए पश्चात् दोस्रो पक्षले जानकारी पाए सरह हुनेछ ।
  • ३३. सम्झौताका दुवै पक्षहरुले नेप्से अनलाइन कारोबार प्रणालीमा क्षति पुर्याउने कुनै पनि कार्य गर्ने छैनन्।
  • ३४. प्रथमपक्षले प्रचलित कानुनमा उल्लेख भएको अवस्थामा बाहेक दोस्रो पक्षको गोपनियता कायम गर्नेछ।
  • ३५. पक्षहरुका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा मतभिन्नताहरुको समाधान सकेसम्म आपसी सहमतिमा निराकरण गरिनेछ। आपसी सहमतिबाट समाधान गर्न नसकेमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ।
  • ३६. दोस्रो पक्षले प्रथमपक्ष सँग अनलाईन कारोबार सुविधा, एसएमएस लगायतका अन्य सुविधाहरु उपयोग गरेबापत तोकिएको शुल्क तिर्न मञ्जुर गर्दछ। दोस्रो पक्षले उल्लिखित सुविधाहरु प्राप्त गर्न हरेक आर्थिक वर्षमा नविकरण शुल्क तिर्नु पर्नेछ।
  • ३७. यो सम्झौतामा उल्लेख तथा व्याख्या नभएका विषय प्रचलित नेपाल कानुन, नियम, विनियम, निर्देशन तथा व्याख्या अनुसार हुनेछ।
  • ३८. यो सम्झौता दुवै पक्षले हस्ताक्षर गरेको मितिबाट लागु भई दुवै पक्षले अर्को प्रतिको आफ्नो दायित्व फरकफरक गरी रद्ध नगरुनजेल सम्म कायम रहने छ।
  • ३९. यो सम्झौता राम्ररी पढी, बुझी दुबै पक्ष हस्ताक्षर गर्न मञ्जुर गर्दछौ। हामी दुवै पक्षले यो सम्झौताको एक/ एकप्रति लियौ दियौ।

प्रथमपक्षको तर्फबाट अधिकार प्राप्त

  • व्यक्तिको नाम:
  • दस्तखत:
  • कम्पनीको छाप:

दोस्रो पक्षको तर्फबाट अधिकार प्राप्त

  • व्यक्तिको नाम:
  • दस्तखत:
  • कम्पनीको छाप:

दाँया

बाँया

साक्षी

१.

साक्षी

१.

मिति: